११ जना सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले विभिन्न सेवाका ११ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई विभिन्न कार्यालयमा सरुवा गरेको हो ।
सरकारले निर्वाचन आयोगका सहसचिव सेवन्तराज दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समूहमा सरुवा गरेको छ ।
यस्तै केहि समयअघि मात्रै उद्योग मन्त्रालय सरुवा भएका बाबुराम गौतमलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समूहमा पठाएको हो ।
मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा मान्य प्रशासन मन्त्रालयबाट सहसचिवहरु खोमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, टुवराज पोखरेललाई मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदुर पश्चिम प्रदेश, हेमराज सुवेदीलाई उद्योग मन्त्रालय, दिपक लामिछानेलाई सामाजिक विकास मन्त्रालय, कर्णाली र बिनु बज्राचार्यलाई राष्ट्रिय सतर्कर्ता केन्द्रमा सरुवा गरेको छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव लिलाप्रसाद शर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालयका मेघनाथ तिमल्सिनालाई प्रदेश नं १ को कृषि मन्त्रालय, रामनन्दन तिवारीलाई प्रदेश नं १ बाट कृषि मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै शिक्षा समूहका कृष्णप्रसाद काप्रीलाई कर्णालीस्थित सामाजिक विकास मन्त्रालयबाट शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया