प्र्यांकको नाममा शारीरीक तथा मानसिक तनाव दिने सेढाईं पक्राउ

काठमाडौं । प्र्यांक भिडियोको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरीक तथा मानसिक तनाव दिने, सास्ती दिने गरी सोको भिडियो युट्युब च्यानलमा राख्ने कार्य गर्ने एकजनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
सर्वसाधारणलाई प्र्यांक भिडियाको नाउँमा हैरानी पारेर नेपाली प्र्यांकर्स नामक युट्युब च्यानलमा भिडियो अपलोड गर्ने झापा विर्तामोड नगरपालिका स्थायी घर भई हाल भक्तपुर, कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
सेढाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्र्तगतको कसुर भएकाले उनलाई थप सात दिन म्याद थप गरी जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ । उनीमाथि अदालतमा थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया