NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

भारतबाट हुने अवैध हुण्डी कारोबारमा प्रहरीकै प्रशय

काठमाडौं । पछिल्लो समय प्रहरीकै सहयोगमा भारतबाट हुण्डी कारोबार मौलाउँदै गएको पाइएको छ ।

सरकारलाई दैनिक रिपोर्टिङ गर्ने विभिन्न सुरक्षा निकायले बुझाएको रिपोर्ट अनुसार हिजोआज सिमापार तस्करीमा संलग्न व्यक्ति तथा समूहले प्रहरीकै मिलेमतोमा हुण्डी समेतको आपराधिक कार्यमा अवैध रकम भारतबाट भित्र्याएको पाइएको हो ।

यसबीचमा भारत बस्दै आएका हुण्डी कारोबारीहरूले रौतहटको गौर भन्सार कार्यालयका सुरक्षा गार्डकै सहयोगमा भारतबाट अवैध रूपमा नेपाली मुद्रा भित्र्याउँदै आएको बुझिएको छ ।

उक्त प्रतिवेदन अनुसार विगतदेखि हुण्डी कारोबारको रकम नेपाल भित्र्याउँदै आएका भारतको बैरगनिया बजार बस्ने रोहन गुप्ता रोशन गुप्ताको समूहले सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक गोपी क्षेत्रीको सहयोगमा अवैध रकम नेपाल भित्र्याइरहेका छन् ।

गुप्ताको समूहले भारतका विभिन्न संस्थाबाट संकलि नेपाली रकम क्षेत्रीलाई दिने र क्षेत्रीले उक्त रकम भन्सार सुरक्षा गार्ड कार्यालयमै राखी अनुकूल समयमा सदरमुकाम गौरका तस्कर समूहलाई जिम्मा लगाउने गरेको पाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष