आजको बैठकमा एमसिसी टेबुल नगर्ने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज बस्ने प्रतिनिधि सभा बैठकमा पेश नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति बनेको छ ।
बिहान संसदीय दलको बैठक सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवालाई भेट्ट प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा बुधबार बस्ने संसद बैठकमा एमसिसी प्रस्ताव अगाडि बडाउने सम्बन्धमा देउवा पछि हटेको प्रचण्डका सचिवालयले जनाएको छ ।
एमसिसी यथास्थितिमा अगाडि बढाउन गठबन्धन दल कांग्रेस बाहेक अन्य दल सहमत छैनन् । एमसिसीबारे निर्णय लिन बिहान बसेको माओवादी संसदीय दलका सांसदहरूले गठबन्धन जोगाउने नाममा राष्ट्रघाती एमसिसी सम्झौता अगाडि नबढाउन नेतृत्वलाई चेतावनी दिएका थिए ।
असमान शर्तहरू संशोधन नगरी यथास्थितिमा एमसिसी सरकारले अगाडि बढाए गठबन्धन टुट्नेसम्मको चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया