NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आजको बैठकमा एमसिसी टेबुल नगर्ने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज बस्ने प्रतिनिधि सभा बैठकमा पेश नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति बनेको छ ।

बिहान संसदीय दलको बैठक सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवालाई भेट्ट प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा बुधबार बस्ने संसद बैठकमा एमसिसी प्रस्ताव अगाडि बडाउने सम्बन्धमा देउवा पछि हटेको प्रचण्डका सचिवालयले जनाएको छ ।

एमसिसी यथास्थितिमा अगाडि बढाउन गठबन्धन दल कांग्रेस बाहेक अन्य दल सहमत छैनन् । एमसिसीबारे निर्णय लिन बिहान बसेको माओवादी संसदीय दलका सांसदहरूले गठबन्धन जोगाउने नाममा राष्ट्रघाती एमसिसी सम्झौता अगाडि नबढाउन नेतृत्वलाई चेतावनी दिएका थिए ।

असमान शर्तहरू संशोधन नगरी यथास्थितिमा एमसिसी सरकारले अगाडि बढाए गठबन्धन टुट्नेसम्मको चेतावनी दिएका थिए ।