सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधा सञ्चालनको लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोवाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको जनाएको छ । बैंकका अनुसार अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गर्न सकिने छ ।
बैंकले देशभर ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत सम्पुर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया