एमसिसीबारे देउवा र गगनको एकै स्वर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एवं कांग्रेस महामन्त्री गगन थापा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा एकै ठाउँमा उभिएका छन् ।
नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा र महामन्त्री थापाले एमसिसीको विषयमा आफूहरूको मत समान रहेको बताएका हुन् ।
कार्यक्रममा देउवाले कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट एमसिसी पास गर्ने निर्णय भइसकेको बताए ।
‘हामीले पार्टी बैठकबाटै एमसिसी पास गर्ने निर्णय गरिसकेका छौं । यसैले हामी एमसिसी पारित गर्ने गरी अगाडि बढेका छौं ।’ देउवाले भने । एमसिसीको विषयमा अनावश्यक चर्चा गरिएको भन्दै देउवाले कांग्रेसले नै नेपालको हरेक परिवर्तनको नेतृत्व गरेको बताए ।
देउवाकै लाइनमा महामन्त्री थापा पनि बोलेका थिए । कांग्रेस बोली फेर्ने पार्टी नभएको भन्दै एमाले चरित्र नदेखाउने बताए ।
‘कांग्रेस क्षणिक लाभ हुन्छ भनेर बोली फर्ने पार्टी होइन’ एमालेप्रति लक्षित गर्दै थापाले भने, ‘तत्कालको लाभ हुन्छ भनेर बालुवाटारको एक र बालकोटको बोली अर्को गर्ने शैलीमा कांग्रेस प्रस्तुत हुँदैन ।’
एमसिसीका विषयमा सत्तारुढ गठबन्धनमा तनावको स्थिति पैदा भइरहेका बेला कांग्रेस भने कुनै पक्ष र विपक्ष नभनी एमसिसी पास गर्नुपर्ने पक्षमा उभिएको छ ।
सत्ता गठबन्धन दलबीच नै फरक मत आएपछि आज एमसिसीबारे निर्णय लिन सत्ता गठबन्धनको निर्णायक बैठकसमेत डाकिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया