एमसिसीबारे देउवा र गगनको एकै स्वर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एवं कांग्रेस महामन्त्री गगन थापा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा एकै ठाउँमा उभिएका छन् ।
नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा र महामन्त्री थापाले एमसिसीको विषयमा आफूहरूको मत समान रहेको बताएका हुन् ।
कार्यक्रममा देउवाले कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट एमसिसी पास गर्ने निर्णय भइसकेको बताए ।
‘हामीले पार्टी बैठकबाटै एमसिसी पास गर्ने निर्णय गरिसकेका छौं । यसैले हामी एमसिसी पारित गर्ने गरी अगाडि बढेका छौं ।’ देउवाले भने । एमसिसीको विषयमा अनावश्यक चर्चा गरिएको भन्दै देउवाले कांग्रेसले नै नेपालको हरेक परिवर्तनको नेतृत्व गरेको बताए ।
देउवाकै लाइनमा महामन्त्री थापा पनि बोलेका थिए । कांग्रेस बोली फेर्ने पार्टी नभएको भन्दै एमाले चरित्र नदेखाउने बताए ।
‘कांग्रेस क्षणिक लाभ हुन्छ भनेर बोली फर्ने पार्टी होइन’ एमालेप्रति लक्षित गर्दै थापाले भने, ‘तत्कालको लाभ हुन्छ भनेर बालुवाटारको एक र बालकोटको बोली अर्को गर्ने शैलीमा कांग्रेस प्रस्तुत हुँदैन ।’
एमसिसीका विषयमा सत्तारुढ गठबन्धनमा तनावको स्थिति पैदा भइरहेका बेला कांग्रेस भने कुनै पक्ष र विपक्ष नभनी एमसिसी पास गर्नुपर्ने पक्षमा उभिएको छ ।
सत्ता गठबन्धन दलबीच नै फरक मत आएपछि आज एमसिसीबारे निर्णय लिन सत्ता गठबन्धनको निर्णायक बैठकसमेत डाकिएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया