NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

१३ स्थानीय तह थप्ने सरकारको तयारी

काठमाडौं । सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरिसकेको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

हाल नेपालमा ७५३ स्थानीय तह छन् । १३ थपेसँगै अब ७६६ पुग्नेछन् ।