‘मुकुन्दे पात्रो’ का सर्जक निरौला सचिवमा बढुवा
काठमाडौँ । सरकारले गृह मन्त्रालयका सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगले सचिवमा बढुवाका लागि सहसचिवहरु क्रमश मुकुन्द निरौला, विनोद सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।
सरकारले एक नम्बरमा सिफारिसमा परेका निरौलालाई नियुक्त गरेको एक मन्त्रीले नेपालवाचलाई बताए ।
सरकारले सचिवमा बढुवा गरेको निरौला सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित छन् । उनी उक्त पात्रोका सर्जक हुन् । उनलाई सार्वजनिक प्रशासनभित्र ‘इन्साइक्लोपेडियाका’ रुपमा समेत चिनिन्छ ।
तथ्यांक संकलनमा रुची राख्ने निरौलाले कुन सहसचिव कहिले सचिव हुन्छ र कति समय सचिवमा रहन्छ भन्नेसम्मको तथ्यांक बनाएर सार्वजनिक गरेका थिए ।
सार्वजनिक प्रशासनभित्र निरौलाले तयार पारेको त्यही विवरणका आधारमा अधिकाशं सहसचिवहरु आफ्नो सचिव हुने रोलक्रम थाहा पाउँछन् । उनै सहसचिव निरौला सचिवमा बढुवा भएका हुन् ।
अब अन्य बरिष्ठ दुई सहसचिवको आगामी जेठमा मात्र बढुवा हुनेछ । जेठमा सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाउँदैछिन् । यस्तै असारमा अर्का सचिव महेन्द्र गुरागाँईले पनि अवकाश पाउँदैछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया