नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौँ । महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।
राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका-१२ का पृथ्वीप्रसाद साह र वडा नं-९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिक-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ परेका हुन् ।
उनीहरूलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका-५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया