इथियोपियाको शरणार्थी शिविरमा आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित
अदिस अबाबा । उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ ।
झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया