पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते
पाकिस्पातान । पाकिस्तानको पेशावर सहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् ।
क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए । केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए ।
सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो । हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन्।
द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनाहरूमा पेशावर र अन्य सहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो । आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया