पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पाकिस्पातान । पाकिस्तानको पेशावर सहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् ।
क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए । केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए ।
सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो । हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन्।
द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनाहरूमा पेशावर र अन्य सहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो । आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया