एमसिसीको विरोध गर्नुअघि रावलले ओली र अरुले प्रचण्ड-नेपालविरुद्ध मुर्दावादको नारा लगाउनुपर्छ : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विरोध गर्नु अघि इतिहास सम्झिन नेताहरूको ध्यानाकर्षण गराएका छन् । यस अघि नै केपी ओलीले एमसिसीलाई अघि बढाएको भन्दै अहिले नारा लगाउनु अघि भीम रावलले केपी ओली मुर्दावाद र राष्ट्रघाती हो भनेर नारा लगाउनुपर्ने बताएका हुन् । अहिले विराेध गर्ने सांसदले अरूले प्रचण्ड र माधव नेपाल मुर्दावाद भनेर नारा लगाउनुपर्ने थापाले बताए ।
‘एमसिसीबारे आज टेबल भएको प्रस्ताव यस अघि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव हो । आज यही प्रस्ताव टेबल भएको हाे’ थापाले भने, ‘केही नेताहरू एमसिसी राष्ट्रघाती हो भनिरहेकमा छन् । तर एमसिसी राष्ट्रघाती हो भने भीम रावलहरूले सबैभन्दा पहिले केपी ओली राष्ट्रघाती हो भन्दै मुर्दावादको नारा लगाउने हिम्मत जुटाउनुपर्छ । साथै, पुष्पकमल दाहाल प्रचण्ड र र माधव नेपाल पनि राष्ट्रघाती हुन् भनेर सांसदहरूले मुर्दावादको नारा लगाउन सक्नुपर्छ ।’
एमाले र माओवादीका सांसदले यति गरेपछि मात्रै एमसिसीबारे अरु कुरा राख्नुपर्ने जिकिर थापाको छ ।
छलफलमा सबै पार्टीले भाग लिइसकेको भन्दै अब १२ गतेको संसद् बैठकमा छलफल अघि बढ्ने जानकारी पनि थापाले दिए ।
सुरुबाटै अवरोध नगरी बोलेपछि मात्रै अवरोध गरेकोप्रति लक्षित गर्दै थापाले एमसिसीमा सबै दलको समर्थन गरेको दाबी गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया