विप्लव कार्यकर्ताले गापा अध्यक्ष र प्रशासकीय अधिकृतलाई हातपात गर्दै दले कालोमोसो
प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेका छन् ।
अध्यक्ष रानाका अनुसार वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी विभिन्न सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला अचानक एक समूहले हातपात गरेका थिए ।
हामी ‘हामीले विद्यालयमा पठनपाठनलाइ कसरी व्यवस्थित ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका थियाैँ । हामीले छलफलमा बोल्नै बाँकी थियाे । एक्कासी ती युवाहरू आएर मोसो दली हातपात गरेर भागे ।’ उनका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् ।
केही दिनअघि विप्लप समूहले चन्दा मागेकाे र आफूले नदिएको रिसमा त्यसाे गरेको हुन सक्ने उनको अनुमान छ । तर यहि कारणले आफूमाथि हातपात गरेको हो भन्नेमा उनी निश्चित भने नभएको बताए ।
सम्बन्धित समाचार :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया