स्वाब टेस्ट नगरी पिसिआर रिपोर्ट बनाएको आरोपमा ल्याब इन्चार्जविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरूद्ध मुद्दा दायर गरेको छ ।
यादवले पिसिआर टेस्टको रिपोर्ट नैै फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा यादवले प्रयोग गर्ने सिपियूको फरेन्सिक परीक्षण गर्दा फेला परेका सबै पिसिआर रिपोर्ट नक्कली भएको पाइएको छ । त्यस्तै, गलत प्रतिवेदन तयार पार्नका लागि यादवले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफूखुशी बनाइ दुरुपयोग गरेको पाइएको छ ।
उनले अस्पतालमा भर्ना भएका मानिसको स्वाब संकलन गरी अनाधिकृत रूपमा रकम लिने र स्वाब परीक्षण नै नगरी आफूखुशी गलत पिसिआर रिपोर्ट तयार पार्ने गरेका थिए । परीक्षणका लागि भनेर स्वाब संकलन गर्ने तर वास्तविक रुपमा परीक्षण नै नगरी यादवले मौखिक रूपमै रिर्पोट नेगेटिभ भएको बताउँदै आएका थिए ।
अर्कोतर्फ आफ्नै कार्यकक्षमा स्वाब संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा थप रकम लिएर नेगेटिभ आएको रिपोर्ट बनाइदिने गरेको खुलेको छ ।
यसरी विभिन्न मितिमा धेरैजनाको पिसिआर परीक्षण नै नगरी आफूखुशी गलत प्रतिवेदन तयार पारेको पुष्टि भएकाले यादवमाथि सजायको मागदाबी गर्दै मुद्दा दायर भएको हो ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया