एमसिसीको विपक्षमा भोट हाल्ने दल अब सरकारमा हुँदैनन् : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको पक्षमा भोट नहाल्ने दल सरकारमा सँगै बस्न नहुने बताएका छन् ।
चितवनमा संचारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सँगै बसेर सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्ने अब सँगै नहुने बताएका हुन् । सरकारका बसेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक हुने थापाको भनाई छ ।
‘सरकारमा सँगै हुने तर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने तर फेरि सरकारमै रहन्छौं भन्ने विषय अनैतिक र अव्यवहारिक हुन्छ’ थापाले भने, ‘सत्तारुढ भएर फरकफरक ठाउँमा मतदान गर्ने भए सत्तारुढ दलसँग सँगै बस्न सकिंदैन ।’
एमसिसी यो सरकारले ल्याएको नयाँ प्रस्ताव नभई नेकपा सरकारले ने अघि बढाएकोले अहिले विरोध गर्नु उचित नभएको उनको भनाई छ ।
कांग्रेसले किन एमसिसी पास गर्नुपर्छ भनेर लामो व्याख्या गरेको भन्दै थापाले एमसिसीका पक्षमा पार्टी पंक्तिलाई प्रशिक्षित गर्नेसमेत बताए । जनतामा गएरै एमसिसी किन ठीक छ भनेर माहोल बनाउने उनको भनाई छ ।
प्रतिक्रिया