नेशनल लाइफ ३४ वर्ष पुरा गरी ३५ औ वर्षमा प्रवेश

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३४ औ वर्ष पुरा गरी ३५ औ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेस प्रसाद खत्रीले विश्वासको साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्तालगायतलाई धन्यवाद्सहित शुभकामाना व्यक्त गरेको छ । साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।
कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम आयोजना भने नगरेको कम्पनीले जानकारी दिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई सर्वाधिक धेरै बोनसदर दिन सफल भएको छ । कम्पनीले यस चालु आर्थिक वर्षका लागि बीमितलाई न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको छ ।
यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको छ । फ्युचर बोनस प्रोभिजनिङका कारण अन्य कम्पनीको बोनसदर तथा लाभांशमा गिरावट आउदा नेशनल लाइफले भने बढाएर दिन सफल भएको छ ।
कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया