NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

एमसिसी पास गराउन गृहमन्त्रीको दौडधुप, प्रचण्डपछि ओली भेटे

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गराउन गृहमन्त्री बालकृष्ण खाणको सक्रियता बढेको छ । यसबारे कन्भिन्स गर्न बुधबार बिहान मात्रै उनले दुई ठूला दलका शीर्ष नेतालाई भेटेका छन् ।

खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका हुन् । प्रचण्डलाई भेटेर उनी सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

दुईबीच प्रतिनिधिसभामा टेबल एमसिसी र सत्ता गठबन्धनबारे छलफल गर्ने मूल एजेण्डा रहेको बताइएको छ ।

प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना टेबल भए पनि सत्ता साझेदार दलले कांग्रेसलाई साथ नदिने बताइरहेको छ । जसरी पनि एमसिसी पास गराउने ध्याउन्नमा रहेको कांग्रेसले यसमा एमालेको साथ खोजेको छ । यसका लागि पछिल्ला केही दिनमा पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता भएको छ । देउवाका प्रतिनिधिका रूपमा मन्त्री तथा कांग्रेस नेताहरू बरोबार बालकोट पुगिरहेका छन् । तर एमालेले यसमा एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही हुनुपर्ने सर्त राखेको छ ।