NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सभापतिविना नै किन बस्दैछ कांग्रेस पदाधिकारीको बैठक ?

काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । तर केन्द्रीय कार्यालय सानेपामा साढे १ बजे हुने पदाधिकारी बैठकमा प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने छैनन् ।

सहमामन्त्री महालक्ष्मी उपाध्याय डिनाले साढे १ बजे पदाधिकारी बैठकमा सभापति सहभागी नहुने जानकारी दिइन् ।

‘कुनै महत्वपूर्ण विषयमा छलफल गर्नका लागि पदाधिकारीको बैठक बस्न लागेको होइन’ डिनाले भनिन्, ‘विभिन्न भ्रातृ संस्थाको विधान पास गर्दै दिंदै गर्ने कार्यक्रमको सिलसिलामा छलफल गर्न बैठक बोलाइएको हो ।’ महिला संघ, दलित सघंसहितक भ्रातृ संस्थाका विधानको ड्राफ्टलाई पदाधिकारीहरूले अध्ययन गरिरहेका छन् ।

पछिल्लो समय एमसिसीको विषयले राजनीतिक माहोल ताते पनि यसै विषयमा छलफल भने नहुने जानकारी उनले दिइन् ।

‘एमसिसीको विषयमा पार्टीले औपचारिक निर्णय गरिसकेको छ’ डिनाले भनिन्, ‘तर के भइरहेको छ भनेर सत्ता गठबन्धनको बैठकमा सहभागी हुनुभएका महामन्त्री गगन थापासँग हामी यसबारे बुझ्ने काम भने गर्छौ ।’

एमसिसी पास गर्ने विषयलाई प्राथमिकतामा राखेका देउवाले सत्तारुढसँगै प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि उत्तिकै संवाद अघि बढाएका छन् । भोलिको संसद बैठकमा टेबल भएको एमसिसीको विषय कसरी अगाडि बढ्छ भन्ने विषयलाई प्राथमिकताको साथ हेरिएको छ ।
विधान, र्भातृ संस्थाको पास गर्दै दिंदै, एमसिसी पदाधिकारी, सभापति आउनुहुन्न ।