NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कलाकार लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । कलाकार एवं लोकगायक जयनन्द लामाको निधनप्रति प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । लामाको निधनले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक ओली साधक गुमाएको टिप्पणी देउवाले गरेका छन् ।

‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ देउवाले भनेका छन् ।
६६ वर्षीय लामाको गएराति निधन भएको थियो ।

आफ्नै गाडीबाट ओर्लने क्रममा टाउको सडकमा जोतिएको शरिरको अरु भाग गाडीमै रहेको स्थितिमा बुधबार बिहान लामाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बौद्धबाट राति फर्किएका लामाको कारबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हुन सक्ने बताइएको छ ।