१३ सांसद भएको लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने

काठमाडौं । संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ । संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए ।
भोलि संसदमा टेबल भएको एमसिसीमाथि छलफल अघि बढ्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलबीच सहमति नभए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि एमसिसी पास गर्ने नीति लिएका छन् । यसका लागि उनले दलबीच संवाद पनि अघि बढाइसकेका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया