रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत
म्याग्दी । जिल्लाको बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरपालिकाले क्रिया खर्चसहित क्षतिपूर्ति दिएको छ ।
बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनका आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा नगरपालिकाले क्रिया खर्चसहित रु सात लाख २५ हजार राहत उपलब्ध गराउने सहमति भएको हो ।
सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधासमेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।
पिपलको रुखको हाँगा काट्ने क्रममा गत मङ्गलबार लडेर घाइते भएका पुनलाई उपचारका क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै मृतकको परिवारलाई विरेन्द्रचोक टोल सुधार समितिले समेत थप रु ५० हजार राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया