गठबन्धनले सहयोग नगरे एमालेको सहयोगमा एमसिसी पास गर्छौ : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनको विकल्पमा एमसिसी पास गर्न एमालेको सहयोग लिने बताएका छन् । एमसिसी असफल बनाउँदा पनि सत्ता गठबन्धन भइराख्छ भन्ने नसोच्नसमेत उनले नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
‘हाम्रो प्रयास सत्ता गठबन्धनकै प्रयासमा एमसिसी पास गर्नुपर्छ भन्ने हो’ तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘एमसिसी फेल बनाएर पनि सत्ता गठबन्धन कायम रहन्छ भन्ने अब नसोच्दा हुन्छ । एमसिसी यस अघि केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको हो । फेरि उसकै समर्थनमा पास गर्नुपर्ने हुन्छ । सत्ता गठबन्धनमा तनावको स्थिति आइरहे कांग्रेस एमालेको माग पूरा गर्नुपर्ने अवस्थामा पनि पुग्नेछ ।’
संसद अवरोध गर्दै आएको एमालेले सभामुखलाई फिर्ता बोलाउनुपर्ने र एमाले विभाजनपछि नेकपा समाजवादीमा लागेका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग गर्दै आएको छ । सत्ता गठबन्धनमा एमसिसीमा सहमति नजुटे प्रधानमन्त्री देउवाले एमालेको सहयोग लिएर एमसिसी पास गराउने तयारी गरेका छन् ।
यसको लागि देउवाले एमाले अध्यक्ष केपी ओलीसँग पटकपटक वार्ता गरिसकेका छन् । एमालेको सहयोग लिंदा उसले राख्दै आएको माग सम्बोधन गर्नसमेत देउवा तयार रहेको बताइन्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया