करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व संकलन

पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।
कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो ।
महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३५ करोड ३३ लाख ९५ हजार राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व संकलन गरेको थियो ।
महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार र घर बहाल कर शीर्षकमा चार करोड १४ लाख राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड २१ हजार तथा घर बहाल कर शीर्षकमा तीन करोड ६८ लाख राजस्व संकलन भएको थियो ।
कोरोना संक्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर संकलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया