NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमसिसी प्रस्तावबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजेका लागि तय छ ।

एमसिसी प्रस्तावमाथि प्रतिनिधिसभामा बिहीबार नै छलफल गर्ने कार्यसूची थियो । तर अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा शुक्रबारसम्मका लागि बैठक स्थगित भयो ।

एमसिसी संसद्बाट अनुमोदन हुन बहुमत आवश्यक पर्छ । तर एमसिसीलाई लिएर सत्ता साझेदार दल नै विभाजित बनेका छन् । नेपाली कांग्रेस यथास्थितिमा एमसिसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र यसको ठीकविपरीत छ । सत्ता साझेदार एकीकृत समाजवादी र जनता समाजवादीभित्र पनि दुई धार देखिएको छ ।

गठबन्धनका दलबाट साथ नमिल्ने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद जुटेका छन् । विभिन्न चरणमा वार्ता गरिसकेका देउवाले बिहीबार पनि ओलीसँग छलफल गरे । तर सहमति जुटिसकेको छैन । नेताहरूले संवाद सकारात्मक रहेको र शुक्रबार यसले मूर्तरूप लिने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष