एमसिसी प्रस्तावबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि तय छ ।
एमसिसी प्रस्तावमाथि प्रतिनिधिसभामा बिहीबार नै छलफल गर्ने कार्यसूची थियो । तर अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा शुक्रबारसम्मका लागि बैठक स्थगित भयो ।
एमसिसी संसद्बाट अनुमोदन हुन बहुमत आवश्यक पर्छ । तर एमसिसीलाई लिएर सत्ता साझेदार दल नै विभाजित बनेका छन् । नेपाली कांग्रेस यथास्थितिमा एमसिसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र यसको ठीकविपरीत छ । सत्ता साझेदार एकीकृत समाजवादी र जनता समाजवादीभित्र पनि दुई धार देखिएको छ ।
गठबन्धनका दलबाट साथ नमिल्ने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद जुटेका छन् । विभिन्न चरणमा वार्ता गरिसकेका देउवाले बिहीबार पनि ओलीसँग छलफल गरे । तर सहमति जुटिसकेको छैन । नेताहरूले संवाद सकारात्मक रहेको र शुक्रबार यसले मूर्तरूप लिने विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया