NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यी हुन् एमसिसीका पक्षमा खुलेर बोल्ने एमालेका नेताहरू

काठमाडौं । एमसिसी पास गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू खुलेरै एमसिसीको पक्षमा वकालत गर्न थालेका छन् । अध्यक्ष केपी ओली नै एमसिसीका विरुद्ध छैनन् । तर उनले खुलेर एमसिसी पास गर्नुपर्छ भनिरहेका छैनन् । तर एमालेका प्रभावशाली नेताहरू नै एमसिसी पास नभए नेपालमा आर्थिक संकट आउने बताइरहेका छन् ।

शुक्रबार एमाले उप-महासचिव प्रदीप ज्ञवालीले एमसिसी अन्योलमा परे देशले नै महंगो मूल्य चुकाउनुपर्ने बताएका थिए । संसद भवनबाट बाहिरिंदै ज्ञवालीले सत्तारुढ दलको गैरजिम्मेवारपनाले एमसिसी अन्योलमा परेको बताएका थिए ।

एमसिसीमा सत्तारुढ दलले गरेको ब्लन्डरको मूल्य देशले धेरै नै चुकाउनुपर्ने देखिएको छ । यसलाई गिजोल्ने र भूराजनीतिक विषय बनाउनु हुँदैन । किनकी यो नेपाल र अमेरिकासँग सम्बन्धित कुरा हो । सत्तारुढ दलले गिजोल्दा शक्तिराष्ट्रलाई तानातानमा निम्त्याउने काम गरियो ।’ उनले भनेका छन् ।

ज्ञवालीले एमसिसीका पक्षमा बोलेको भोलिपल्टै पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले  त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग गरेकाे कार्यक्रममा एमसिसी अस्वीकार गरिए नेपालमा आर्थिक संकट आउने चेतावनी दिएका छ्न ।

‘अहिले प्रसंगवश् आइरहेको एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ संकटतर्फ देश जाने होइन ? यसतर्फको अध्ययन अलिकति, तपाईँहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु । यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैंक, दक्षिण एसियाली बैंकले निश्चित सहयोग दिने गर्दछ’ पाण्डेले भनेका छन्, ‘त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ । आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । भर्खरै ४८ अर्ब हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई फरेन्ट करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही व्यालेन्स गर्ने मद्दत गरिरहेको छ । तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन । नलिए पनि केही भएको छैन । तिमीले लिएनौ मैले दिन्नँ मैले अन्यत्र पनि बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने प्रश्न भएन । त्यसले ठूलो नोक्सानी कही हुँदैन । तर यहाँ नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्‍यौं ।’