NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

निजामती कर्मचारी युनियनको नेतृत्वमा युवाहरूको दाबी

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशन नजिकिएको छ । अधिवेशन मिति नजिकिएसँगै अध्यक्षलगायत पदका आकांक्षी विस्तारै खुल्न थालेका छन् । यस पटक विभिन्न महत्त्वपूर्ण पदमा युवा पुस्ताले समेत रुचि देखाएको छ ।

हालका अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्षमा दोहोरिने मनसाय राखेका छन् । उनीविरुद्ध सुरेन्द्रप्रसाद अधिकारी खडा हुने निश्चितजस्तै छ । अधिकारी युनियनका वरिष्ठ उपाध्यक्ष हुन् ।

अध्यक्षका अतिरिक्त उपाध्यक्ष, महासचिव, सचिवलगायत पदाधिकारीमा पनि प्रतिस्पर्धा तीव्र बन्ने देखिदैछ । महासचिवमा अहिलेसम्म दुर्गाप्रसाद फुँयालले मात्र दाबी पेश गरेका छन् ।

खुला र समावेशी गरी ७ सिट रहेको सचिवमा हाल कार्यसमितिमै रहेका धेरैजसोले रुचि देखाएका छन् । सचिवमा आकांक्षा देखाउनेमा जगतबहादुर पाठक, कुलप्रसाद भट्टराई, सूर्यप्रसाद चापागाईंलगायत छन् । उनीहरूले उम्मेदवारी घोषणा गर्दै ‘आठौं अधिवेशनका आठ कार्यभार’ शीर्षक अवधारणा नै सार्वजनिक गरेका छन् ।

सचिवका आंकाक्षी पाठकले संघीय निजामती सेवा ऐनमार्फत समायोजन संशोधन, सामूहिक सौदावाजीसहितको ट्रेड युनियन अधिकार, संगठन संरचनामा सुधारलगायतका एजेण्डा अघि सारेर नेतृत्वमा दाबी गरेको बताए । युवा नेतृत्वमार्फत युनियनलाई क्रियाशील राखेर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको युवा सचिवका प्रत्यासी सूर्यप्रसाद चापागाईंको भनाइ छ ।

यसबाहेक अन्य उम्मेदवारहरूले पनि आफ्नो औचित्यबारे सार्वजनिक गरिरहेका छन् ।

युनियनको आठौं अधिवेशन यही फागुन २१ देखि २३ गतेसम्म प्रज्ञा भवन कमलादी,काठमाडौंमा हुँदै छ ।

ताजा अपडेट

नेपालवाच विशेष