नेपालआजलाई महासंघको चेतावनी–आचारसंहिता मिचेर आइन्दा नियोजित समाचार नलेख्नू
काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालआज नामक अनलाइनले नेपालवाच डटकम, त्यसमा कार्यरत पत्रकारलगायत अन्य विभिन्न व्यक्तिविरुद्ध पत्रकार आचारसंहिता र मुलुकको विद्यमान कानून उल्लंघन गर्दै नियोजित समाचार सम्प्रेषण गरेको ठहर गरेको छ । साथै महासंघले आइन्दा पेशागत धर्मविपरीतका हर्कत नगर्न पनि उक्त अनलाइनलाई सचेत गराएको छ ।
नेपालआजले आचारसंहिता उल्लंघन गर्दै पीत पत्रकारिता गरेको गुनासोपछि महासंघले यसबारे अध्ययन गरेको थियो । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो आचारसंहिता अनुगमन समितिको निष्कर्ष सार्वजनिक गरेको हो ।
‘नेपाल पत्रकार महासंघको आचारसंहिता अनुगमन समितिले गरेको अनुगमनमा पनि नेपालवाच डटकम र त्यसमा कार्यरत पत्रकारविरुद्ध नेपालआज नामक अनलाइन र त्यसमा कार्यरत पत्रकारले आचारसंहिता र मुलुकको विद्यमान कानूनको उल्लंघन गर्दै लगातार तथा नियोजित समाचार लेखेको देखिएको छ,’ महासंघका सचिव पवन आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यम र पत्रकारबारे समाचार लेख्दा आचारसंहिताको पूर्ण पालना गर्न र आइन्दा यस प्रकारका काम नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई सचेत गराइन्छ ।’
नेपालआज माधव गुरागाईंद्वारा सञ्चालित अनलाइन हो । जसले लामो समयदेखि पीत पत्रकारताको सहारामा संस्था तथा व्यक्तिको चरित्र हत्या गर्दै आएको छ । यही कारण शुक्रबार मात्रै प्रेस काउन्सिल नेपालले उसलाई कालोसूचीमा राखेको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया