कांग्रेसको कैलाली जिल्ला अधिवेशनको मतगणना सुरु हुँदै

कैलाली । नेपाली कांग्रेस कैलालीको १४ औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना आज यहाँ सुरु हुँदैछ ।
अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिएका छन् ।
यसअघि सभापति पदको आकांक्षी युवा नेता भीम बडुवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
सभापतिपछि अर्को महत्वपूर्ण मानिने सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना निर्विरोध निर्वाचित भएका छन् ।
सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए । मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया