कांग्रेसको कैलाली जिल्ला अधिवेशनको मतगणना सुरु हुँदै
कैलाली । नेपाली कांग्रेस कैलालीको १४ औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना आज यहाँ सुरु हुँदैछ ।
अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिएका छन् ।
यसअघि सभापति पदको आकांक्षी युवा नेता भीम बडुवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
सभापतिपछि अर्को महत्वपूर्ण मानिने सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना निर्विरोध निर्वाचित भएका छन् ।
सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए । मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया