एमसिसी पास भएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आइतबार संसदबाट अमेरिकी आर्थिक सहयोग एमसिसी पास भए पछि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक विषयसँगै एमसिसी पास भएपछि अवस्थाबारे जानकारी गराउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । पत्रकार सम्मेलन अाज दिउसाे तीन बजे हुन लागेकाे हाे ।
प्रवक्ता महतले यस अघिदेखि निरन्तर एमसिसी नेपालको हितमा रहेको भन्दै सत्तारुढ दलबीच सहमति जुटाएर एमसिसी पास गर्ने बताउँदै आएका थिए ।
आइतबार विवाद उठेका विषयमा सरकारल १२ बुँदामा व्याख्यात्मक घोषणा गरेपछि प्रतिनिधिसभाबाट ६० अर्ब रुपैयाँको आर्थिक अनुदानसम्बन्धी सम्झौता बहुमतले अनुमोदन भएको थियो ।
अन्य दल एमसिसीको विपक्षमा रहे पनि कांग्रेसले पक्षमा पार्टीबाट सर्वसम्मत निर्णय गरेर सत्तारुढ अरु पार्टीलाई पनि मनाएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया