सिन्धुली कांग्रेस सभापतिमा संस्थापन पहिलो चरणमा दोस्रो पनि नभएपछि रोचक प्रतिस्पर्धा

काठमाडौं । कांग्रेस सिन्धुली सभापतिको लागि पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि फेरि आज चुनाव भएको छ ।
पहिलो चरणमा संस्थापन इतरबाट उज्ज्वलप्रसाद बराल र उपेन्द्रकुमार पोखरेल प्रतिस्पर्धामा थिए । संस्थापनबाट प्रेमचन्द्र दाहालले प्रतिस्पर्धा गरेका थिए । संस्थापन इतरका पोखरेलले ४८३ र बरालले ४२७ मत ल्याए । संस्थापन पक्षका दाहालले ३६१ मत मात्रै ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका खड्गबहादुर वाइवाले १०१ मत ल्याएका थिए ।
कुनै उम्मेदवारले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने पोखरेल र बरालबीच आज फेरि प्रतिस्पर्धा भएको हो । आज चार बजेसम्म मतदानको समय तोकिएको छ ।
दोस्रो चरणमा संस्थापन पक्षका उम्मेदवार प्रतिस्पर्धामा नदेखिएपछि संस्थापनले जसलाई सहयोग गर्छ उसैले सभापति जित्ने देखिएको हो । यसैले एकै गुटका उम्मेदवारबीच संस्थापनका नेता निर्णायक देखिएका हुन् । बराल सिन्धुलीका निवर्तमान सभापति हुन् ।
ताजा अपडेट
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
प्रतिक्रिया