सिन्धुली कांग्रेस सभापतिमा संस्थापन वा शेखर पक्षका होइन स्वतन्त्रका पोखरेलले यसरी जिते
काठमाडौं । कांग्रेस सिन्धुली सभापतिमा अस्वभाविक नतिजा आएको छ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि भएको दोस्रो चरणको निर्वाचनमा उपेन्द्र पोखरले विजयी भएका हुन् ।
उनी संस्थापन शेरबहादुर देउवा वा डा. शेखर कोइराला कुनै पक्षका पनि होइनन् बरु स्वतन्त्र उम्मेदवार हुन् । पहिलो चरणमा संस्थापन इतरबाट उज्ज्वलप्रसाद बराल र उपेन्द्रकुमार पोखरेल प्रतिस्पर्धामा थिए ।
संस्थापनबाट प्रेमचन्द्र दाहालले प्रतिस्पर्धा गरेका थिए । संस्थापन इतरका पोखरेलले ४८३ र बरालले ४२७ मत ल्याए । संस्थापन पक्षका दाहालले ३६१ मत मात्रै ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका खड्गबहादुर वाइवाले १०१ मत ल्याएका थिए ।
दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने शेखर पक्षका बराल र स्वतन्त्रका पोखरेल भिडेका थिए । संस्थापनका उम्मेदवार दाहाल तेस्रो भएका थिए ।
तर दोस्रो चरणमा संस्थापनका उम्मेदवार दाहाल पक्षले स्वतन्त्रका पोखरेललाई सहयोग गर्दा शेखर पक्षका उम्मेदवार पराजित भएका हुन् ।
दोस्रो चरणमा पोखरेल ८८५ मत ल्याएर विजयी भए । पराजित बरालले ४७७ मत मात्रै ल्याए । पुन मतदानमा एक हजार तीन सय ७१ मत खसेकोमा ९ मत बदर भयो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया