सभापतिमा जित्नेलाई बधाई दिंदै सभापति देउवाले के भने ?
काठमाडौं । १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा निर्वाचित हुनेलाई सभापति शेरबहादुर देउवाले बधाई दिंदै आएका छन् । यस अघि पनि बधाई दिएका देउवाले बाँकी १६ जिल्लाबाट पनि परिणाम आउन थालेपछि बधाई दिएका हुन् ।
देउवाले प्रत्येकलाई छुट्टाछुट्टै सम्बोधन गरेरै ‘कांग्रेस जिल्ला अधिवशेनबाट सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।’ भन्दै बधाई दिएका हुन् ।
पछिल्लोपटक सिन्धुलीबाट सभापतिमा निर्वाचित उपेन्द्र पोखरेल र मकवानपुरबाट निर्वाचित बुद्ध लामालाई देउवाले बधाई दिएका हुन् ।
पोखरेल स्वतन्त्रबाट उम्मेदवार बन्दै विजयी भएका हुन् । पहिलो चरणबाट संस्थापनका उम्मेदवार आउट भएपछि दोस्रो चरणमा स्वतन्त्रका पोखरेललाई सहयोग गरेका थिए ।
यता मकवानपुरमा भने पहिलो चरणमा भिडेका कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् । तर दोस्रो चरणमा निर्वाचन नगरी लामालाई सभापति चयन गरिएको थियो ।
अझै १४ जिल्लाको नेतृत्य चयन हुन बाँकी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया