विद्यालय निरीक्षकमा तीन जनाको बढुवा

काठमाडौं । विद्यालय निरीक्षकमा तीन जनाको बढुवा सिफारिस भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिस गरिएकामा सुरेश ढकाल, चन्द्रप्रसाद अधिकारी र दुर्गाबहादुर भुजेल छन् ।
त्यसैगरी, नेपाल शिक्षा सेवाकै राजपत्रांकित तृतीय श्रेणीको छविकार पदमा ज्योति न्यौपानेको बढुवा सिफारिस भएको छ ।
प्रतिक्रिया