राष्ट्रियसभाका यी सांसद जसको सकिँदैछ आजबाट पदावधि
काठमाडौं । राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट समाप्त हुँदैछ । ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट चारवर्षे कार्यकाल टुंगो लागेका यी सांसदको पद आजबाट सकिन लागेको हो ।
यी सांसद बिदा भएपछि रिक्त हुने पदमा यसअघि नै निर्वाचन भइसकेको छ । उनीहरूले भोलिबाट जिम्मेवारी वहन गर्नेछन् ।
एमालेका मात्रै ८ सांसदको आजबाट कार्यकाल सकिँदै छ । जसमा कोमल वली, सुमनराज प्याकुरेल, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, नैनकला ओझा, चक्रप्रसाद स्नेही, रामलखन चमार र परशुराम मेघी गुरुङ छन् ।
त्यसैगरी नेपाली कांग्रेसका तारादेवी भट्ट, दृगनारायण पाण्डे र राघेश्याम अधिकारीको चारवर्षे कार्यकाल पनि आज गुज्रँदैछ । माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहाल पनि भोलिबाट भूतपूर्व हुँदैछन् । राष्ट्रपतिबाट मनोनीत सांसद रामनारायण बिडारीको चारवर्षे कार्यकाल पनि आज समाप्त हुँदैछ ।
त्यसो त, तत्कालीन नेकपा एमालेबाट विजयी भएर हाल एकीकृत समाजवादीमा आबद्ध उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पनि म्याद सकिँदैछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया