फराकिलो मतसहित पर्सा कांग्रेस सभापतिमा सिंह विजयी
काठमाडौं । भारी मतसहित पर्सा कांग्रेस सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । प्रतिस्पर्धी श्याम पटेललाई सिंहले फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।
विजयी सिंहले एक हजार एक सय १० मत ल्याउँदा पराजित पटेल ४६५ मतले पछि परे । पटेलले ६४५ मत मात्रै ल्याए ।
विजयी सिंह पार्टी संस्थापन शेरबहादुर देउवा निकटका हुन् । सिंह पूर्व जिविससमेत भइसकेका नेता हुन् । बाँक उपसभापतिसहितको पदाधिकारीमा संस्थापन पक्षले प्यानलमै विजय प्राप्त गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया