NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

फराकिलो मतसहित पर्सा कांग्रेस सभापतिमा सिंह विजयी

काठमाडौं । भारी मतसहित पर्सा कांग्रेस सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । प्रतिस्पर्धी श्याम पटेललाई सिंहले फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।

विजयी सिंहले एक हजार एक सय १० मत ल्याउँदा पराजित पटेल ४६५ मतले पछि परे । पटेलले ६४५ मत मात्रै ल्याए ।

विजयी सिंह पार्टी संस्थापन शेरबहादुर देउवा निकटका हुन् । सिंह पूर्व जिविससमेत भइसकेका नेता हुन् । बाँक उपसभापतिसहितको पदाधिकारीमा संस्थापन पक्षले प्यानलमै विजय प्राप्त गरेको छ ।