एमसिसीको विरोध सभामा झलनाथ, नारायणकाजी र भीम रावल नजाने
काठमाडौं । व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसिसी प्रतिनिधि सभाबाट पारित भएको विरोधमा आठवटा साना वामपन्थी संगठनले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
एमसिसी सम्झौता अनुमोदन भएको दिन १५ लाई कालो दिनको संज्ञा दिँदै सरकारविरूद्ध प्रर्दशन गरेका हुन् । काठमाडौंको विभिन्न ठाउँबाट विरोध ¥याली निकाल्दै खुल्लामञ्चमा पुगरे विरोधसभामा परिणत हुने विप्लव समूहका नेता अनिल शर्मा विरहीले बताए ।
विरोध सभामा एमसिसीको विपक्षमा उभिएका एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ विरोध सभामा नजाने भएका छन् ।
विरोध सभालाई नेकपा महासचिव विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, माओवादी (क्रान्तिकारी)का नेता सिपी गजुरेललगायत नेताहरूले सम्वोधन गर्ने विरहीले जानकारी दिए ।
‘आजको हाम्रो कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम हो । राष्ट्रघाती एमसिसीको विरोधमा उभिएका सबै नेतालाई मोर्चाबन्दी गर्ने हाम्रो प्रयास हो’, विरहीले भने, ‘कार्यक्रममा आउने वा नआउने उहाँहरूको विषय हो । हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ ।’
विरोध सभाअघि विप्लवले एमसिसीको विपक्षमा उभिएका विभिन्न पार्टीका नेताहरूलाई भेट गरेका थिए ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया