पल शाह थप १२ दिन थुनामा

काठमाडौं । एक नाबालिग गायिकामाथि करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिनको म्यान थपिएको छ । उनलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।
यसअघि तनहुँ प्रहीले शाहलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि प्रहरीले थप समय मागेकाले उनको म्याद थपिएको अदालत स्रोत जनाएको छ ।
म्याद थपका लागि शाहलाई आज जिल्ला अदालत लगिएको थियो । अदालतमा उनको बयान सोमबार सुरु हुने बताइएको छ ।
शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसमक्ष दमौली गएर गिरफ्तारी दिएका थिए ।
शाहविरुद्ध गत फागुन १२ गते तनहुँ प्रहरीमा जाहेरी परेको थियो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया