बलात्कारको आरोपमा एमाले सांसद निलम्बित
काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका एमालेका सांसद मोहन बानियाँ बलात्कार अभियोगमा निलम्बनमा परेका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बित भएको जानकारी दिएका थिए ।
जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि फागुन १६ मा बानियाँलाई नेपालगञ्ज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ ।
जाहेरीमा पीडित भनिएकी महिलाले भनेकी छिन्, ‘माघ १९ मा बानियाँले मसँग लिएको २५ लाख रुपयाँ फिर्ता दिन्छु भनेर नेपालगञ्जको अप्सरा होटेलमा बोलाए । त्यसपछि जबरजस्ती करणी गरे ।’
सांसद बानियाँले जबरजस्ती बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले माघ २७ मा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया