NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बलात्कारको आरोपमा एमाले सांसद निलम्बित

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका एमालेका सांसद मोहन बानियाँ बलात्कार अभियोगमा निलम्बनमा परेका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बित भएको जानकारी दिएका थिए ।

जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि फागुन १६ मा बानियाँलाई नेपालगञ्ज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ ।

जाहेरीमा पीडित भनिएकी महिलाले भनेकी छिन्, ‘माघ १९ मा बानियाँले मसँग लिएको २५ लाख रुपयाँ फिर्ता दिन्छु भनेर नेपालगञ्जको अप्सरा होटेलमा बोलाए । त्यसपछि जबरजस्ती करणी गरे ।’

सांसद बानियाँले जबरजस्ती बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले माघ २७ मा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएकी थिइन् ।