NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आइएमई जनरल इन्स्योरेन्सद्वारा थप २ वटा सेवा सुरू, यस्ता छन् विशेषता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना सुरू गरेको हो ।

कम्पनीले आज काठमाडैमा एक कार्यक्रमको आयोजना गरी उक्त योजना सञ्चालनमा ल्याएको हो । कम्पनीले दुर्घटना, स्वास्थ्य तथा घातक रोगको लागि एउटै छाताभित्र समेट्ने गरेर आइजिआई हेल्थपल्स बीमालेख ल्याएको जनाएको छ ।

यस बीमालेखअन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेखअन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरेको कम्पनीले बताएको छ । आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना काठमाडौं उपत्यका भित्र मात्रै लागु हुनेछ ।

दुर्घटना बीमा
यस बीमालेख अन्तर्गत बीमालेखको अधिकार कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन सक्ने दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित पाँच लाखदेखि १५ लाख सीमासम्मको सुविधाहरु प्रदान गरिने कम्पनीले जनाकारी गराएको छ ।

औषधीपचार बीमा

यस बीमालेखअन्र्तगत बीमालेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरीका चोटपटक लागेमा नगदरहित वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिने छ ।

घातक रोग

यस बीमालेखअन्र्तगत बीमालेखको अधिनमा रही बीमा अवधिभित्र बीमालेखमा उल्लेखित वा कुनै घातक रोगहरु लाकाृ चिकित्सकबाट प्रमाणि भएमा बीमांक रकम पाँच लाख रुपैयाँ तुरन्तै भुक्तानी गरिने छ ।

परिवारको हकमा श्रीमान, श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर दुई वर्षदेखि २४ वर्षसम्म, अविवाहित ततथा रोजगारी नभएको हुनुपने छ । ५० वर्षभन्दा माथि घातक रोगविरुद्दको रक्षावरणको लागि अनिवार्य मेडिकल सर्टिफिकट पेश गर्नुपर्ने छ ।

बीमालेख जारी गरिएको मितिले औषधीउपाचर बीमाअन्र्तगत ३० दिनको, घातक रोगकोे लागि ९० दिनका र मेट्रानिटीको लागि नौ महिनाको वइटिङ पिरियड लाग्ने छ । यस बीमालेखअन्र्तगत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, आतंकवाद तथा विध्वसांत्मक कार्यजस्ता क्रियाकलपाबट हुन सक्ने दुर्घटना समावेश गरिएको छ । यस बीमालेखअन्र्तगन दाबी भुक्तानी गर्दा नगदरहित वा सोध भर्ना दुवै तरिकाबाट भुक्तानी गरिने छ ।

आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट

यो सेवा हाललाई काठमाडौं उपत्यकाभित्रको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आफ्नो निजी सवारी साधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनमा क्षति भएमा स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा सेवासुविधा प्राप्त गर्न सकिने छ ।

यु रजिस्टर

कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन, एसएमएस, भाइवर, ह्वाटएप्समार्फत दुर्घटनाको जानकारी गराउन सकिने छ । यसको विवरण कम्पनीको वबसाइट र फेसबुक पेजमा उपलब्ध रहेको छ ।

वब पिकअप सवारी

क्षतिग्रस्त सवारी साधनलाई दुर्घटनास्थलबाटै अटोकेयर प्रालिको सर्भिस सेन्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टाभित्र अटोकेयरले आफनै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जान्छ ।

यु रिल्याक्स्
सवारी साधनलाई सर्भिस सेन्टरमा पु(याएपछि अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गरिने सो मितिको जानकारी दिइने छ । मर्मतपछि बीमालेखमा तोकिएको बीमालेखसम्मको रकम कम्पनीले सिधै सर्भिस सेन्टर कम्पनीलाई भुक्तानी गर्ने छ ।

वब डेलिभर

मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयर आफैले काठमाडौं उपत्यकाभित्र सवारी साधनको घरसम्म पु-याउने व्यवस्था पनि छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष