पल पकरण : हरि उदासी पनि समातिए, एकैदिन तीनजना पक्राउ
काठमाडौं । अभिनेता पल शाह प्रकरणमा अभिव्यक्ति दिनेहरू धमाधम पक्राउ हुनेक्रम जारी छ । यसैक्रममा आज एकैदिन तीनजना समातिएका छन् ।
यसैबीच, नाबालिग गायिकाको चरित्र हत्या हुनेगरी विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएको आरोपमा आफूलाई ’अभियन्ता’ बताउने हरि उदासी पनि पक्राउ परेका छन् ।
उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले आज पक्राउ गरेको हो ।
यही प्रकरणमा प्रहरीले केही समयअघि मात्रै युट्युबर राहुल थापा मगरलाई पक्राउ गरेको थियो । उनी गुल्मीका स्थायी वासिन्दा हुन् ।
यस्तै, आजै अश्लील तस्बिर तथा स्टाटस फेसबुकमा राखेर पीडित नाबालिगको चरित्र हत्या गरेको आरोपमा ललितपुर उपमहानगरपालिका २१ का दीपू भन्ने विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया