NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

देउवाको निर्देशन–गठबन्धन दलको चित्त दुख्नेगरी नबोल्नुस्

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध दलको विरोध नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।

कतिपय युवा नेताहरूले एमसिसीमा दाहोरो चरित्र देखाएको भन्दै माओवादी र एकीकृत समाजवादीका नेताविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि देउवाले नेताहरूलाई गठबन्धनका नेताको आलोचना नगर्न भनेका हुन् । गठबन्धन दलको चित्त दुख्ने गरी प्रस्तुत नहुन उनले निर्देशन दिएका हुन् ।

पार्टीले देशभर गर्न लागेको अभियान अघि केन्द्रीय प्रतिनिधिसहितका नेतासँगको छलफलमा देउवाले सत्ता गठबन्धनलाई नै असर पार्ने गरी विरोधन नगर्न भनेका हुन् ।

कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म स्थानीय तहलक्षित चुनावी प्रचारप्रसारको अभियान गर्दैछ । यस्तो अभियानका क्रममा गठबन्धनमा आवद्ध दलको विरोध नगरी कांग्रेसको पक्षमा माहोल बनाउन देउवाले निर्देशन दिए ।

कांग्रेसमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा प्रष्ट धारणा नबनिरहेका बेला देउवाले गठबन्धनको विरोध नगर्न भनेका हुन् । संस्थापन चुनावी तालमेलको पक्षमा रहे पनि डा. शेखर कोइराला पक्ष भने चुनावी तालमेलको पक्षमा छैन । कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन पनि केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्नेमा देउवा रहेका छन् ।

देउवा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राम्रो व्यवहार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।