देउवाको निर्देशन–गठबन्धन दलको चित्त दुख्नेगरी नबोल्नुस्
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध दलको विरोध नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।
कतिपय युवा नेताहरूले एमसिसीमा दाहोरो चरित्र देखाएको भन्दै माओवादी र एकीकृत समाजवादीका नेताविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि देउवाले नेताहरूलाई गठबन्धनका नेताको आलोचना नगर्न भनेका हुन् । गठबन्धन दलको चित्त दुख्ने गरी प्रस्तुत नहुन उनले निर्देशन दिएका हुन् ।
पार्टीले देशभर गर्न लागेको अभियान अघि केन्द्रीय प्रतिनिधिसहितका नेतासँगको छलफलमा देउवाले सत्ता गठबन्धनलाई नै असर पार्ने गरी विरोधन नगर्न भनेका हुन् ।
कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म स्थानीय तहलक्षित चुनावी प्रचारप्रसारको अभियान गर्दैछ । यस्तो अभियानका क्रममा गठबन्धनमा आवद्ध दलको विरोध नगरी कांग्रेसको पक्षमा माहोल बनाउन देउवाले निर्देशन दिए ।
कांग्रेसमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा प्रष्ट धारणा नबनिरहेका बेला देउवाले गठबन्धनको विरोध नगर्न भनेका हुन् । संस्थापन चुनावी तालमेलको पक्षमा रहे पनि डा. शेखर कोइराला पक्ष भने चुनावी तालमेलको पक्षमा छैन । कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन पनि केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्नेमा देउवा रहेका छन् ।
देउवा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राम्रो व्यवहार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया