NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सुँगुरको मुटु प्रत्यारोपण गराउने व्यक्तिको मृत्यु

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु भएको छ ।

प्रत्यारोपण गराएको दुई महिनामा ५७ वर्षीया डेभिड बेनेटको मृत्यु भएको हो । बेनेटमा गत ७ जनवरीमा अमेरिकामा चिकित्सकले सुँगुरको मुटुको सफल प्रत्यारोपण गराएका थिए । तर प्रत्यारोपणका दुई महिनामै ८ मार्चमा उनको निधन हुन पुगेको हो । प्रत्याराेपण सफल मानिए पनि दुई महिनामा मृत्यु भएको हाे ।