NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई १ अर्ब डलर सहयोग गर्ने

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले युद्ध प्रभावित देश युक्रेनलाई तत्काल आपतकालीन सहयोगका लागि १ अर्ब ४० करोड डलर रकम प्रदान गर्ने भएको छ । कोषको कार्यकारी बोर्डले उक्त रकम सहयोग प्रस्ताव स्वीकृत गरेको हो ।

‘रुसले गरेको आक्रमणले युक्रेनमा ठूलो मानवीय र आर्थिक संकट निम्त्याएको छ’ आइएमएफका प्रबन्ध निर्देशक क्रिष्टालिना जर्जजिभाले भनिन् ।

युद्ध जारी रहे उल्लेखनीय संख्यामा आर्थिक सहयोगको आवश्यकता हुने भन्दै उनले युद्ध समाप्त भएसँगै युक्रेनलाई अझ ठूलो सहयोग चाहिने बताइन् ।