रुसले बाल अस्पतालमा गरेको आक्रमण ‘युद्ध अपराध’ : जेलेन्स्की
किएभ । युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्कीले दक्षिणपूर्वी सहर मरिउपोलको बाल अस्पतालमा रुसले गरेको आक्रमण ‘युद्ध अपराध’ भएको बताएका छन् । राजधानी किएभबाट गरेको भिडियो सम्बोधनमा उनले रुसमाथि यस्तो आरोप लगाएका हुन् ।
तर रुसले बाल अस्पतालमा हमला भएको युक्रेनको दाबी अस्वीकार गरेको छ । रुसी सैनिकले आक्रमण उक्त भवनमा पहिला प्रसुति गृह रहे पनि अहिले त्यहाँ सेनाहरु मात्रै भएको रुसको भनाई छ ।
यता, संयुक्त राष्ट्र संघका मानवीय मामिला प्रमुखले युक्रेनी बाल अस्पतालमा भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको भयानक उल्लंघन भन्दै निन्दा गरेका छन् ।
उक्त भवनमा आक्रमणपछि झ्यालहरु भत्किएका, वरिपरि ठूलो खाडल परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले सार्वजनिक गरेका भिडियो र तस्बिरहरुमा देखिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया