रुसले बाल अस्पतालमा गरेको आक्रमण ‘युद्ध अपराध’ : जेलेन्स्की
किएभ । युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्कीले दक्षिणपूर्वी सहर मरिउपोलको बाल अस्पतालमा रुसले गरेको आक्रमण ‘युद्ध अपराध’ भएको बताएका छन् । राजधानी किएभबाट गरेको भिडियो सम्बोधनमा उनले रुसमाथि यस्तो आरोप लगाएका हुन् ।
तर रुसले बाल अस्पतालमा हमला भएको युक्रेनको दाबी अस्वीकार गरेको छ । रुसी सैनिकले आक्रमण उक्त भवनमा पहिला प्रसुति गृह रहे पनि अहिले त्यहाँ सेनाहरु मात्रै भएको रुसको भनाई छ ।
यता, संयुक्त राष्ट्र संघका मानवीय मामिला प्रमुखले युक्रेनी बाल अस्पतालमा भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको भयानक उल्लंघन भन्दै निन्दा गरेका छन् ।
उक्त भवनमा आक्रमणपछि झ्यालहरु भत्किएका, वरिपरि ठूलो खाडल परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले सार्वजनिक गरेका भिडियो र तस्बिरहरुमा देखिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया