दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक येओल विजयी
सियोल । दक्षिण कोरियाका पूर्व शीर्ष न्यायाधिश युन सुक येओल हालै भएको राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रमुख उदारवादी प्रतिद्धन्द्धीलाई थोरै मतान्तरले हराउँदै विजयी भएका छन् । येओलले ४८ दशमलव ६ प्रतिशत र उनका प्रतिद्धन्द्धी लि जाइ म्युङले ४७ दशमलव ८ प्रतिशत मत ल्याएका थिए ।
युन कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका नेता हुन् । युनले विश्वको दशौं ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व आगामी मेबाट लिनेछन् । उनको कार्यकाल ५ वर्षको हुनेछ ।
दक्षिण कोरियाको संविधानले त्यहाँ राष्ट्रपतिको कार्यावधि ५ वर्षमात्रै तोकेको छ । हालका राष्ट्रपति मुन जाइ इनले सन् २०१७ मा कन्जरभेटिभ राष्ट्रपति पार्क गुइन हाइलाई भ्रष्टाचारको मुद्दामा महाभियोग लगाएर सत्ताच्युत गरेपछि देशको कार्याभार सम्हालेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया