युक्रेनको बाल अस्पतालमा रूसले गरेकाे आक्रमणमा बालिकासहित तीनको मृत्यु
मरिउपोल । दक्षिणी युक्रेनको दक्षिणपूर्वी सहर मरिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
युक्रेनको घेराबन्दीमा रहेको मरिउपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको नगर परिषद्ले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्कीले अस्पतालमा रुसले गरेको आक्रमण ‘युद्ध अपराध’ भएको बताएका छन् ।
साथै संयुक्त राष्ट्र संघका मानवीय मामिला प्रमुखले युक्रेनी बाल अस्पतालमा भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको भयानक उल्लंघन भन्दै निन्दा गरेका छन् । रुसी राष्ट्रपतिको कार्यालयले भने अस्पताल आक्रमणबारे सैनिकहरूसँग जानकारी लिने बताएकाे छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया