युक्रेनको बाल अस्पतालमा रूसले गरेकाे आक्रमणमा बालिकासहित तीनको मृत्यु
मरिउपोल । दक्षिणी युक्रेनको दक्षिणपूर्वी सहर मरिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
युक्रेनको घेराबन्दीमा रहेको मरिउपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको नगर परिषद्ले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्कीले अस्पतालमा रुसले गरेको आक्रमण ‘युद्ध अपराध’ भएको बताएका छन् ।
साथै संयुक्त राष्ट्र संघका मानवीय मामिला प्रमुखले युक्रेनी बाल अस्पतालमा भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको भयानक उल्लंघन भन्दै निन्दा गरेका छन् । रुसी राष्ट्रपतिको कार्यालयले भने अस्पताल आक्रमणबारे सैनिकहरूसँग जानकारी लिने बताएकाे छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया