एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा भट्टराई र प्रमुख सचेतकमा दाहाल नियुक्त
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई राष्ट्रिय सभाका संसदीय दलका नेतामा नियुक्त भएका छन् ।
भट्टराईलाई संसदीय दलका नेता केपी शर्मा ओली बिहीबार दलको नेतामा नियुक्त गरेका हुन् । अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेका भट्टराई यसअघि राष्ट्रिय सभामा प्रमुख सचेतक थिए ।
त्यस्तै दमक–५, झापा निवासी देवेन्द्र दाहाललाई ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका छन् । चुनावी कार्यक्रमका लागि झापामै रहेका उनी शुक्रबार काठमाडौं आउँदै छन् ।
संसदीय दलका नेता सुमन प्याकुरेलसहितका नेताहरू आफ्नो कार्यकाल पूरा गरी फागुन २१ मा विदा भएपछि भएका थिए । रिक्त स्थानमा भट्टराई र दाहाललाई ओलीले जिम्मेवारी दिएका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया