एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा भट्टराई र प्रमुख सचेतकमा दाहाल नियुक्त

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई राष्ट्रिय सभाका संसदीय दलका नेतामा नियुक्त भएका छन् ।
भट्टराईलाई संसदीय दलका नेता केपी शर्मा ओली बिहीबार दलको नेतामा नियुक्त गरेका हुन् । अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेका भट्टराई यसअघि राष्ट्रिय सभामा प्रमुख सचेतक थिए ।
त्यस्तै दमक–५, झापा निवासी देवेन्द्र दाहाललाई ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका छन् । चुनावी कार्यक्रमका लागि झापामै रहेका उनी शुक्रबार काठमाडौं आउँदै छन् ।
संसदीय दलका नेता सुमन प्याकुरेलसहितका नेताहरू आफ्नो कार्यकाल पूरा गरी फागुन २१ मा विदा भएपछि भएका थिए । रिक्त स्थानमा भट्टराई र दाहाललाई ओलीले जिम्मेवारी दिएका हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया