अब डान्स बारमा अश्लीलता होइन, सीपमूलक नृत्य

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको १० बजेसम्मको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो ।
यस निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स बार, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुने भएका छन् । ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय गर्नुपर्ने छ ।
डान्सबारमा अब अश्लीलता प्रदर्शन हुने गरी नाँच्न नपाइने बरु सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ ।
रात्रिकालीन व्यवसायका लागि सरकारले आवश्यक सुरक्षा प्रबनध पनि मिलाउने गृह मन्त्रालयले जनाएको छ ।
गृहको निर्णयको पूर्णपाठ :
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया