अब डान्स बारमा अश्लीलता होइन, सीपमूलक नृत्य
काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको १० बजेसम्मको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो ।
यस निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स बार, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुने भएका छन् । ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय गर्नुपर्ने छ ।
डान्सबारमा अब अश्लीलता प्रदर्शन हुने गरी नाँच्न नपाइने बरु सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ ।
रात्रिकालीन व्यवसायका लागि सरकारले आवश्यक सुरक्षा प्रबनध पनि मिलाउने गृह मन्त्रालयले जनाएको छ ।
गृहको निर्णयको पूर्णपाठ :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया