NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पाँचथरमा खोज पत्रकारिता तालिम सम्पन्न

शंकर चापागाईं (फिदिम) – पाँचथरको फिदिममा खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आयोजनामा महासंघको सभाहल फिदिममा ३ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सम्पन्न भएको हो ।

तालिम पाँचथरको तुम्बेवा गाँउपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । पाँचथर, तेह्रथुम र ताप्लेजुङका गरी ३५ जना पत्रकारको सहभागिता रहेको तालिमको खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, महासचिव रामजी दाहाल र वल्ड भ्यू नेपालका अध्यक्ष केदार शर्माले सहजीकरण गरेका थिए ।

शाखाले दुई आर्थिक वर्षलाई ‘क्षमता विकासका लागि तालिम वर्ष’ घोषणा गरेको थियो सोहीअनुसार आगामी दिनमा थप तालिमको आयोजना गरिने महासंघ शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।