NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

पञ्जाबका मुख्यमन्त्री उम्मेदवार भगवन्त : जसले लिएका थिए मदिरा नछुने सपथ

काठमाडौं । भारतको पञ्जाबमा आम आदमी पार्टीले भारी बहुमतका साथ जित हासिल गरेको छ । पार्टीले आफ्ना पुराना एवं विश्वासिला नेता भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । पार्टी प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले १८ जनवरीमा भगवन्तलाई मुख्यमन्त्री उम्मेदवार घोषणा गरेका थिए ।

भगवन्त कमेडियन एवं एक लोकप्रिय नेताका रूपमा परिचित छन् । पञ्जाबमा संगरुर लोकसभा सिटबाट लगातार दोस्रोपटक उनी आम आदमी पार्टीका सांसद छन् । उनी पार्टीको पञ्जाब इकाईका प्रदेश अध्यक्ष पनि हुन् ।

सन् २०१४ मा आम आदमी पार्टी प्रवेश भएपछि उनी पार्टीको स्टार प्रचारक थिए । उनलाई आम आदमीको सबैभन्दा ठूलो शक्ति रूपमा लिइन्छ ।

भगवन्त कलाकारका साथै एक कवि पनि हुन् । भगवन्तको जन्म १९७३ मा पञ्जाबको संगरुर जिल्लामा भएको थियो । स्नातक तहको पढाइ पूरा गरेपछि भगवन्त हाँस्य क्षेत्रमा आएका थिए । उनले आफ्नो पहिलो कमेडी एवं प्यारोडी टेप ‘गोबी दी ए कच्चिए व्यापारने’ १९९२ मा सार्वजनिक गरेका थिए ।

भगवन्त कलाकारका साथै एक कवि पनि हुन् । भगवन्तको जन्म १९७३ मा पञ्जाबको संगरुर जिल्लामा भएको थियो । स्नातक तहको पढाइ पूरा गरेपछि भगवन्त हाँस्य क्षेत्रमा आएका थिए । उनले आफ्नो पहिलो कमेडी एवं प्यारोडी टेप ‘गोबी दी ए कच्चिए व्यापारने’ १९९२ मा सार्वजनिक गरेका थिए ।

हाँस्य कलाकारितामा लागेपछि उनले पढाइ बीचमै छोडे । उनले सन् १९९२ देखि २०१३ सम्म २५ वटा कमेडी एल्बम रेकर्ड गराएका थिए । उनले १३ वटा हिन्दी फिल्ममा पनि काम गरेका छन् ।

भाषण गर्ने सौख भगवन्तलाई बाल्यकालदेखि नै थियो । त्यसबेला उनलाई आफू कलाकार वा नेता बन्छु भन्ने थाहा थिएन । उनका सहपाठी मनजित सिद्धु भन्छन्, ‘भगवन्त खेतमा पानी लगाउन जाँदा पनि लठ्ठी काटेर माइक बनाउँथे र भाषण गर्थे ।’

Bhagwant Mann Election Results 2022 Live Updates: Dhuri Election Results 2022 — AAP CM face Bhagwant Mann on brink of victory, leads Congress' Dalvir Singh Goldy | The Financial Express

कमेडी टेपमार्फत राजनीति र समाजका विषयलाई व्यंग्य गर्नु नै उनको कलाको मुख्य आकर्षण भएको सिद्धु बताउँछन् । सन् २००९–२०१० मा उनले पत्रिकामा स्तम्भकारको रुपमा लेख्न सुरु गरेका थिए । यही क्रममा उनले फाजिल्का क्षेत्रमा बालबालिकालाई अनौठो रोग लाग्ने रिपोर्ट पढे । भगवन्त त्यसपछि नानक र त्यस आसपासका क्षेत्रमा पुगे । उनले त्यहाँ खानेपानीको समस्याले मानिसहरूको अवस्था खराब भएको देखे केही आप्रवासी साथीको सहयोगमा उनले त्यहाँ पानीको ट्युबवेल लगाए ।

उनले केही सामाजिक र मिडिया क्षेत्रका व्यक्तिसहित यस मुद्दा पत्रकार सम्मेलनमार्फत मिडियामा उठाए । सन् २०११ मा तत्कालीन अर्थमन्त्री मनप्रीत सिंह बादलले अकाली दलविरुद्ध विद्रोह गरेका थिए । प्रख्यात कृषि वैज्ञानिक सिंह जोहलको नेतृत्वमा जालन्धरमा पञ्जाबको मुद्दालाई लिएर सम्मेलन आयोजना भएको थियो । मनप्रीतसँगको त्यही भेटमा उनले भगवन्तलाई सक्रिय राजनीतिमा आउन प्रेरित गरेका थिए ।

राजनीतिमा प्रवेश गर्दै गर्दा भगवन्तले भनेका थिए, ‘मैले हाँस्यव्यंग्यमार्फत राजनीतिक र सामाजिक टिप्पणी गर्दै आएको छु । अब फोहोर सफा गर्न फोहोरमै पस्नुपर्छ जस्तो लागेर म सक्रिय राजनीतिमा आएको छु ।’

उनले सन् २०११ मा पञ्जाबमा पिपुल्स पार्टीको संस्थापक नेता भएर राजनीतिक यात्रा सुरु गरे ।

फेबु्रअरी २०१२ मा पञ्जाब विधानसभा निर्वाचनमा कांग्रेसका नेता राजिन्दर कौर भट्टलविरुद्ध लडेका थिए तर त्यहाँ हारे । सन् २०१२ को विधानसभा निर्वाचनमा पिपिपिले कुनै सिट नजितेपछि मनप्रीत बाद कांग्रेसमा जाने तयारी गरे । यसपछि भगवन्त आम आदमी पार्टीमा प्रवेश गरेका थिए ।

अन्ना हजारेको आन्दोलनबाट स्थापित पार्टीले पञ्जाबमा अहिले भएको विधानसभामा ९१ सिट जितेर सरकार बनाउने निश्चित भएको छ ।

आम आदमी पार्टी पनि विभाजित भयो, सुखपाल खैराको पञ्जाब एकता पार्टी, धर्मवीर गान्धीको न्यु पञ्जाब पार्टी र लोक इन्साफ पार्टीले गठबन्धन बनाए पनि यसले एक सिट पनि जित्न सकेनन् । शिरोमणि अकाली दल र कांग्रेससँग भाजपा गठबन्धनबाहेक भगवन्तन एकमात्र नेता थिए, जसले संगरुरबाट तेस्रो दलको रुपमा पुनः निर्वाचन जितेर लोकसभामा पुगे । यसका साथै भगवन्त आम आदमी पार्टीमा शीर्ष नेताको रुपमा उदाए ।

उनी सन् २०१७ को ८ मेमा आम आदमीको पञ्जाब इकाई अध्यक्ष बने । तर केही समयपछि नै राजीनामा दिएका थिए । अकाली नेता विक्रमसिंह मजिठियाविरुद्धको मानहानी मुद्दामा अदालतमा अरविन्द केजरीवालले माफी मागेको भन्दै उनी आक्रोशित भएका थिए ।

What made Bhagwant Mann the man of the moment for AAP in Punjab | Deccan Herald

सन् २०१७ मा भगवन्तले निर्वाचन हारे पनि सन् २०१९ को लोकसभा निर्वाचनमा भगवन्तले जिते ।

लोकप्रिय मानिएका भगवन्तको राजनीतिक करिअरमा मदिरा सेवन गरेको आरोप लाग्यो । उनी पार्टीका बैठकहरूमा पनि मदिरा सेवन गरेर जाने गरेको आरोप आपका बागी नेताहरूले लगाए । साथै संसद्मा पनि उनले मदिरा पिएर गएको सत्ताधारी भाजपा सदस्यले आरोप लगाए ।

सार्वजनिक कार्यक्रमम भगवन्तले मदिरा सेवन गरेको दाबी गर्दै सार्वजनिक कार्यक्रमका धेरै भिडियो भाइरल भएका छन् । भगवन्त र उनका समर्थकले यसलाई एसएडी–भाजपा र कांग्रेसविरुद्ध दुष्प्रचारको षडयन्त्र भएको बताएका थिए ।

पछि सन् २०१९ को २० जनवरीमा भगवन्तले बरनालामा पार्टी र्यालीको क्रममा आफ्नी आमाको उपस्थितिमा त्यसयता मदिरा नछुने सपथ लिएका थिए । (एजेन्सीको सहयोगमा)